आइतबार, मंसिर २८, २०८२

यौन व्यवसाय खुला गर्नुपर्छ भनेका सांसदले माफी मागे

 |  बुधबार, चैत ६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत ६, २०८१

काठमाडौं- नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले केही दिनअघि आफूले बोलेको कुरालाई लिएर आलोचना बढेपछि आज सदनबाटै माफी मागेका छ्न्।

National life

आज घिमिरेले आफूले बोलेको कुरा पार्टी र संसदीय दलको आधिकारिक धारणा नभई व्यक्तिगत धारणामात्र भएको प्रष्टीकरण दिएका छन्। उनले आफ्नो विचारले संसद्का सदस्य र जनमानसमा नकारात्मक प्रभाव परेको भए सम्मान गर्दै क्षमा माग्छु भनेका छन्।

तीन दिनअघि घिमिरेले देशको विकासका लागि यौन व्यवसाय र गाँजा वैधानिक रूपमा खुलाउनुपर्ने तर्क गरेका थिए। धेरै देशले यौन व्यवसायलाई मान्यता दिइसकेको भन्दै घिमिरेले भनेका थिए, ‘यौन व्यवसायलाई खुला गरौं। यसबाट धेरै विदेशी पर्यटक आउँछन्। धार्मिक पर्यटकभन्दा यौन पर्यटनबाट देशलाई फाइदा छ।’

घिमिरेको उक्त अभिव्यक्तिको सदनमा विरोध भएको थियो।
 

प्रकाशित: Mar 19, 2025| 11:39 बुधबार, चैत ६, २०८१
प्रतिक्रिया दिनुहोस्