मंगलबार, पुस ८, २०८२

पुलचोक क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार विजयी

 |  मंगलबार, चैत ५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ५, २०८१

ललितपुरको पुलचोक इन्जिनियरिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

National life

स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ सभापतिमा विजयी भएका हुन्। उनले १ हजार १०२ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्दी अखिल क्रान्तिकारीका रसिक लम्सालले ७१० मत ल्याएका छन्।

यसैगरी सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटा १०६४ मत र कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकाल १०४२ मत ल्याएर निर्वाचित भएका छन्।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज सम्पन्न भएको हो।

बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म क्याम्पसमा मतदान भएको थियो। स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले छिटफुट घटनाबाहेक सबै क्याम्पसमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न जानकारी दिए। उनका अनुसार ३८ वटा आङ्गिक क्याम्पस आज निर्वाचन सम्पन्न भएका छन्। यस्तै दुई सय ५० वटा सम्बन्धन क्याम्पसमा निर्वाचन भएका छन्। 

Laxmi sunrise bank
kumari

उपत्यकाका नेपाल कमर्श क्याम्पस, पाटन संयुक्त क्याम्पस, पुल्चोक इञ्जिनिरियङ क्याम्पस, थापाथली इञ्जिनिरियङ क्याम्पस, महेन्द्ररत्न क्याम्पसमा निर्वाचन भएको थियो। त्रिविले प्रत्येक दुई दुई वर्षमा गर्ने स्ववियु निर्वाचन गर्दै आइरहेको छ । 

प्रकाशित: Mar 18, 2025| 21:04 मंगलबार, चैत ५, २०८१
प्रतिक्रिया दिनुहोस्