शुक्रबार, पुस ११, २०८२

राप्रपाले उपत्यका केन्द्रित आन्दोलन गर्ने

 |  मंगलबार, चैत ५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ५, २०८१

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय गरेको छ।

National life

अध्यक्ष लिङ्देनको नेतृत्वमा रहेको आन्दोलन परिचालन मूल समितिको बैठक राखेर आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने पनि राप्रपाले बताएको छ।

मंगलबार धुम्बाराहीमा बसेको कार्यसम्पादन समिति बैठकले यो निर्णय गरेको हो। राजसंस्था पुनर्स्थापनाको मूल लक्ष्यसहित ८६ वर्षीय नवराज सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति सोमबार गठन भएको थियो। उक्त समितिमा अध्यक्ष लिङ्देनलाई पनि सदस्य राखिएको थियो भने वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सदस्य सचिव थिए।

यो समितिमा आफू सदस्य नबस्ने लिङ्देनले बताएका थिए।

प्रकाशित: Mar 18, 2025| 18:50 मंगलबार, चैत ५, २०८१
प्रतिक्रिया दिनुहोस्