मंगलबार, पुस ८, २०८२

देशभर यसरी हुँदैछ स्ववियु निर्वाचन [तस्बिरहरु]

 |  मंगलबार, चैत ५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ५, २०८१

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी छ। अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन भए पनि केही क्याम्पसमा भने मतदान प्रक्रिया नै रोकिएको छ।  

National life

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ। निर्वाचन स्थगित भएपछि विद्यार्थीहरूले सांकेतिक विरोधस्वरुप सडकमा नै मतपेटीका बनाएर मतदान गरेका छन्। फर्जी परिचयपत्र वितरण गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेपछि उक्त क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको हो। विद्यार्थीहरूले स्ववियु निर्वाचन तत्काल गर्न माग गर्दै प्रदर्शन समेत गरेका छन्।

सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा पनि स्ववियु निर्वाचन स्थगित गरिएको छ। सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी संगठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ।

यसैगरी पब्लिक युथ, त्रिचन्द्र क्याम्पसमा पनि स्ववियु निर्वाचन स्थगित भएको छ।

त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ तर २०६५ सालदेखि भने स्ववियु निर्वाचन नियमित हुन सकेको छैन।

Laxmi sunrise bank
kumari

विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ। विश्वविद्यालय क्याम्पसमा ६ हजार एक सय ४६ मतदाता छन्। यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन्।


 

 

प्रकाशित: Mar 18, 2025| 12:56 मंगलबार, चैत ५, २०८१
प्रतिक्रिया दिनुहोस्