बुधबार, असार ३, २०८३

संघीयता खारेज गर्ने होइन, अझ बलियो बनाउनुपर्छ: देउवा

 |  सोमबार, चैत ४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ४, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयतालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

National life

कांग्रेस संघीय मामिला समन्वय विभागले सोमबार सानेपामा आयोजना गरेको कार्यक्रममा देउवाले मुलुक संघीय प्रणालीमा गइसकेकाले यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए।

कसैलाई संघीयता मन नपरे पनि केही गर्न नसकिने उनको भनाइ छ। सभापति देउवाले मुलुक अहिलेको व्यवस्थाबाट फर्किन नसकिने पनि स्पष्ट पारे।

संघीय स्वरुपअनुसार प्रदेश र स्थानीय तहलाई आवश्यक भूमिका र अधिकार दिनुपर्ने उनको भनाइ छ। सभापति देउवाले देशको एकतालाई कुनै पनि हालतमा खलबलिन दिन नहुने उल्लेख गरे।

उनले कांग्रेसको सय दिने अभियानका क्रममा देशभरका जनतामा उत्साह भएको भन्दै यसलाई अझ बढी समन्वय गरेर अघि बढ्नुपने बताए।
 

Shivam cement

प्रकाशित: Mar 17, 2025| 18:34 सोमबार, चैत ४, २०८१
प्रतिक्रिया दिनुहोस्