मंगलबार, पुस ८, २०८२

राजतन्त्र पुनर्स्थापना गर्न तेस्रो जनआन्दोलन घोषणा 

 |  सोमबार, चैत ४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ४, २०८१

काठमाडौं- राजतन्त्र पुनर्स्थापनालाई प्रमुख एजेन्डा बनाएर राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको संयोजकत्वमा तेस्रो जनआन्दोलन घोषणा भएको छ। 

National life

सोमबार काठमाडौंमा विभिन्न राजावादी समूहहरूको भेलाले सुवेदीको संयोजकत्वमा जनआन्दोलन गर्ने निर्णय गरेको हो। 

उनीहरूले विभिन्न पाँच एजेन्डा राखेका छन्। जसमा राजतन्त्रको पुनर्स्थापना, हिन्दु राज्य, संघीयता खारेजी र भ्रष्टाचार न्यूनीकरण रहेका छन्। उनीहरूले दलहरू र राजसंस्थावादीबच नवीन समझदारी हुनुपर्ने बताएका छन्। 

सुवेदी संयोजक रहेको समितिमा दुर्गा प्रसाईंदेखि राप्रपाका नेता र हिन्दुवादी अभियन्तासमेत छन्।

समितिमा कुल ११ जना राखिएको छ। वर्णानुक्रम अनुसार समिति सदस्यहरुमा अस्मिता भण्डारी, कमल थापा, केशरबहादुर बिष्ट, दुर्गा प्रसाईं, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, रमा सिंह, राजेन्द्र लिङदेन र हरिबहादुर बस्नेत रहेका छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 17, 2025| 18:26 सोमबार, चैत ४, २०८१
प्रतिक्रिया दिनुहोस्