मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नागरिक लगानी कोषले गर्‍यो २ खर्ब ६४ अर्ब ७८ करोड लगानी

नागरिक लगानी कोषले गर्‍यो २ खर्ब ६४ अर्ब ७८ करोड लगानी

 |  सोमबार, चैत ४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ४, २०८१

काठमाडौं- नागरिक लगानी कोषले चालू आर्थिक वर्षको पुस मसान्तसम्म दुई खर्ब रुपैयाँभन्दा बढी लगानी गरेको जनाएको छ। कोषको ३५औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा कोषका अध्यक्ष प्रा.डा. सूर्यबहादुर थापाले चालू आर्थिक वर्षको पुस मसान्तसम्म कोषले सञ्चालन गरेको आयोजनामा २ खर्ब ६४ अर्ब ७८ करोड लगानी गरेको जानकारी दिएका हुन्।

National life

उनले सोही अवधिमा दुई खर्ब ७३ अर्ब ७२ करोड वित्तीय स्रोत संकलन गर्न कोष सफल भएको बताए। उनले आगामी दिनमा मुलुकको आर्थिक वृद्धिदरमा टेवा पुर्‍याउनुका साथै रोजगारी सिर्जना गर्न कृषि, पूर्वाधार, उत्पादनमूलक क्षेत्र, उद्योग, पर्यटनलगायत क्षेत्रमा पनि लगानी गनुपर्ने आवश्यकता रहेको बताए।

कार्यक्रममा अर्थसचिव घनश्याम उपाध्यायले कोषलाई सेवाप्रतिको जवाफदेहिता, पारदर्शिताका साथै सेवा सुधार गर्दै जानुपर्ने धारणा राखेका थिए। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषको लगानी रोजगारी सिर्जना गर्ने र पूर्वाधार बढाउने कुराहरुमा केन्द्रित गर्नुपर्ने बताए।

२०४७ सालमा स्थापना भएको नागरिक लगानी कोषको करोडको चुक्ता पुँजी अहिले ६ अर्ब ४८ पुगेको छ।

प्रकाशित: Mar 17, 2025| 17:00 सोमबार, चैत ४, २०८१
प्रतिक्रिया दिनुहोस्