बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राप्रपा सांसद शाहीलाई सभामुखको निर्देशन- अरु बोलिरहँदा डिस्टर्ब गर्न पाइँदैन

राप्रपा सांसद शाहीलाई सभामुखको निर्देशन- अरु बोलिरहँदा डिस्टर्ब गर्न पाइँदैन

 |  आइतबार, चैत ३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३, २०८१

काठमाडौं- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् बैठकमा एकजना सांसदले बोलिरहँदा अर्कोले डिस्टर्ब नगर्न रुलिङ गरेका छन्।

National life

आइतबार प्रतिनिधि सभाको विशेष समयमा एमाले सांसद रघुजी पन्तले राजतन्त्रका विभिन्न प्रसंग झिक्दै गणतन्त्र ठीक भएको भन्दै अभिव्यक्ति दिइरहेका बेला राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले आपत्ति जनाएका थिए।

शाहीले पन्तका भनाइप्रति आपत्ति जनाउन समय माग्दै आफ्नो ठाउँबाट उठे पनि सभामुख घिमिरेले उनलाई समय दिएनन्। सभामुख घिमिरेले संसद्मा एकले बोलेका कुरामा अर्को सांसदलाई चित्त नबुझ्दैमा बोल्न अवरोध गर्न नहुने बताएका थिए।

उनले भने, ‘सत्यतथ्यमा आाधारित भएर, मर्यादित रुपमा विषयमा केन्द्रित भएर बोल्नुपर्छ भन्ने कुरामा बोल्न माननीय सदस्यहरु सचेत हुनुहुन्छ।’

सांसद शाहीप्रति लक्षित गर्दै सभामुखले थपे, ‘माननीय सदस्यलाई बोलेका कुरामा मन नपर्न सक्छ। त्यसमा असहमति राख्न पाइन्छ। त्यसको आफैं विधि र प्रक्रिया छन्। ती विधि र प्रक्रियाबाट आफ्ना भनाइ राख्न पाइन्छ। त्यसलाई विचार गरेर बोल्नु हुनेछ भन्ने विश्वास मलाई छ। फेरि यस्तो अवस्थामा नआओस्। यसतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु।’

Shivam cement

प्रकाशित: Mar 16, 2025| 12:58 आइतबार, चैत ३, २०८१
प्रतिक्रिया दिनुहोस्