बुधबार, असार ३, २०८३

नेप्सेको सीईओका लागि पाँचजनाको नाम सर्टलिस्ट

 |  आइतबार, चैत ३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३, २०८१

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि पाँचजनाको नाम सर्टलिस्टमा परेको छ।

National life

नेप्सेको सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका पाँचजनाको नाम सार्वजनिक गरेको हो। सिफारिस समितिले चूडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य,बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याललाई छनोट गरी सर्टलिस्टमा पारेको हो।

सर्टलिस्टमा परेका आवेदकहरूलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि चैत ६ गते बिहान ७ बजे अर्थ मन्त्रालयमा सम्पर्क गर्न भनिएको छ।

शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको मूल्यांकनका आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्ने आवेदकहरूलाई सर्टलिस्टमा पारेको सिफारिस समितिले जनाएको छ। नेप्सेको सीईओका लागि १० जनाले निवेदन दिएका थिए।

सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयले सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा सिफारिस समिति बनाएको छ।

Shivam cement

प्रकाशित: Mar 16, 2025| 11:06 आइतबार, चैत ३, २०८१
प्रतिक्रिया दिनुहोस्