मंगलबार, पुस ८, २०८२

'देशको रक्षाका लागि' समाजवादी मोर्चाले प्रदर्शन गर्ने

 |  शनिबार, चैत २, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, चैत २, २०८१

काठमाडौं- समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएको छ। शनिबार मोर्चाले पत्रकार सम्मेलन गर्दै विरोध प्रदर्शनबारे जानकारी गराएको हो।

National life

देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको र त्यसको रक्षार्थ प्रदर्शन गर्नुपरेको मोर्चाले जनाएको छ।

सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टी र आक्रोश तीब्ररुपमा बढ्दै गएको र यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखा परेको मोर्चाको निष्कर्ष छ।

मोर्चाले प्रदर्शनमा सहभागी हुनका लागि आग्रह पनि गरेको छ। ‘प्रदर्शन कार्यक्रममा सहभागी भै समाजवादी मोर्चा, नेपालमा सम्वद्ध राजनीतिक पार्टीहरू, सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरू एकजुट भै प्रतिगमन र प्रतिक्रियावादीहरुको षडयन्त्रलाई विफल पार्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अपील गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

समाजवादी मोर्चामा नेकपामा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी रहेका छन्।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 15, 2025| 16:20 शनिबार, चैत २, २०८१
प्रतिक्रिया दिनुहोस्