बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आईएमई बैंकको वैदेशिक शिक्षा तथा भाषा परीक्षामा छुट

ग्लोबल आईएमई बैंकको वैदेशिक शिक्षा तथा भाषा परीक्षामा छुट

 |  शुक्रबार, चैत १, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १, २०८१
National life
Shivam cement

काठमाडौं- ग्लोबल आईएमई बैंकले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने विभिन्न शुल्कहरूको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।

बैंकले सार्वजनिक गरेको योजनाअनुसार नेपाली विद्यार्थीहरूले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुको शैक्षिक शुल्क, बिमा शुल्क लगायत विभिन्न भाषा परीक्षाको शुल्क अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्नेछ। यो योजना अगस्ट ३१, २०२५ सम्म लागू हुनेछ।

अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवामा सेवाग्राहीहरूले भुक्तानीको लागि आवश्यक पर्ने सम्पूर्ण कागजजात पूरा गरेपश्चात् बैंकले रकम भुक्तानीको लागि लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने छ।

प्रकाशित: Mar 14, 2025| 13:31 शुक्रबार, चैत १, २०८१
प्रतिक्रिया दिनुहोस्