मंगलबार, पुस ८, २०८२

एकै दिन चार हजार बढ्यो सुनको भाउ

 |  शुक्रबार, चैत १, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १, २०८१

काठमाडौं- नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ इतिहासकै उच्च विन्दूमा पुगेको छ।

National life

आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन हजार दुई सय रूपैयाँ बढी हो। 

यसअघि गत फागुन १३ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले आन्तरिक कारण भन्दा बाह्य कारणले सुनको मूल्य बढेको बताए। “अमेरिकी डलरको मूल्यवृद्धि, अन्तरराष्ट्रिय राजनीतिक घटनाक्रमलगायतका कारणले मूल्य बढेको हो । अन्तरराष्ट्रिय बजारमा भएको मूल्यवृद्धिअनुसार समायोजन गर्दा स्थानीय बजारमा हालसम्मकै उच्च मूल्य कायम भएको हो”, उनले भने।

Laxmi sunrise bank
kumari

अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस दुई हजार ९८२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

 

प्रकाशित: Mar 14, 2025| 12:20 शुक्रबार, चैत १, २०८१
प्रतिक्रिया दिनुहोस्