मंगलबार, पुस ८, २०८२

अबको लक्ष्य प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख: प्रचण्ड

 |  बुधबार, फागुन २८, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०८१

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डालाई पुनः अगाडि बढाउने बताएका छन्।

National life

बुधबार बुटवलमा मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रचण्डले सरकारले संविधान संशोधनको विषय अगाडि बढाएसँगै आफूहरूले संविधानसभामै राखेको एजेण्डलाई पुनः अगाडि सारेको बताए।

उनले भने, 'अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु हो। पछाडि फर्कनेतर्फ कसैले सोचे राम्रो हुने छैन।’

जनताको बलिदानीपूर्ण आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको उनले बताए। उत्पीडित समुदाय र क्षेत्रका अधिकार सुनिश्चित गरिएको उनले दाबी गरे। उनले भने, ‘अहिले आएर संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्वजस्ता उत्पीडित क्षेत्र र समुदायले पाएको अधिकार खोज्ने कुचेष्टा हुँदैछ।’

प्रतिगामी तत्वहरू व्यवस्थामाथि धावा बोल्न खोज्दै रहेको पनि उनले बताए। भ्रष्ट र दलालहरू विभिन्न बहानामा जनताका अधिकार खोस्न लागिरहेको भन्दै प्रचण्डले भने, ‘सबैखाले षड्यन्त्रलाई परास्त गर्दै जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी हाम्रो हो, यसमा हामी कतै बिचलित हुने छैनौं, दृढ प्रतिबद्धताका साथ अघि बढ्नेछौं।’

Laxmi sunrise bank
kumari

सत्ता गठबन्धनले भ्रष्टाचारी र विचौलियाको पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको देखेर राजावादीहरू समेत सलबलाएको उनले बताए। प्रचण्डले भने, ‘इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्वहरुले धमिलो पानीमा माछा मार्न खोजेका छन्। यी हर्कतका विरुद्ध आवश्यक परे लाखौं जनता सडकमा उतारेर खबरदारी गरिन्छ।’

प्रकाशित: Mar 12, 2025| 18:51 बुधबार, फागुन २८, २०८१
प्रतिक्रिया दिनुहोस्