मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संसद् बैठकमा आज पनि पूर्वराजाको स्वागतको चर्चा, गणतन्त्रको चिन्ता

संसद् बैठकमा आज पनि पूर्वराजाको स्वागतको चर्चा, गणतन्त्रको चिन्ता

 |  बुधबार, फागुन २८, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०८१

काठमाडौं- सांसदहरूले गणतन्त्रवादी शक्ति एकजुट हुँदै गणतन्त्र र संविधानको रक्षाका लागि जोड दिएका छन्।

National life

बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले गणतन्त्र र संविधानको रक्षा गर्न गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने बताए। उनीहरूले सदनमार्फत सरकारको ध्यानाकर्षण गराउँदै जनताप्रति उत्तरदायी बन्न आग्रह गरे।

सांसद सोविता गौतमले गणतन्त्रमा हुर्किएका नयाँ शक्तिलाई झुटा मुद्दा लगाएर सरकारले दमन गरेको आरोप लगाइन्। संसद सुशीला सिर्पाली ठकुरीले सरकार जनताप्रति उत्तरदायी नहुँदा प्रतिक्रियावादी शक्ति सल्बलाउन थालेको बताउँदै सरकार देश र जनताप्रति जवाफदेही बन्नुपर्ने उल्लेख गरिन्।

सांसद हितबहादुर तामाङले संविधान र गणतन्त्रवादी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए। उनले राजतन्त्र पुनः स्थापना गर्ने दिवास्वप्न नदेख्न चुनौती दिए।

सांसद हर्कमाया विश्वकर्माले जातीय विभेदलाई बढावा दिने र समाज बिथोल्ने गतिविधिमाथि प्रतिबन्ध लगाउन सुझाव दिइन्।

Shivam cement

राजसंस्थाका पक्षमा प्रदर्शनहरू बाक्लिन थालेपछि सांसदहरूले यस्तो बताएका हुन्। हिजोको प्रतिनिधि सभा बैठकमा पनि सांसदहरुले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा गत आइतबार भएको प्रदर्शनको विषयमा संसद्‍मा बोलेका थिए।

 

प्रकाशित: Mar 12, 2025| 16:29 बुधबार, फागुन २८, २०८१
प्रतिक्रिया दिनुहोस्