बुधबार, असोज १, २०८२

एनआईसी एशिया क्यापिटलद्वारा डायस्पोरा सेवा सञ्चालन

 |  बुधबार, फागुन २८, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०८१

vianetvianet

काठमाडौं- एन आई सी एशिया क्यापिटलले डायस्पोरा सेवा सञ्चालनमा ल्याएको छ। विगत लामो समयदेखि आफ्नो मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत विभिन्न कम्पनीलाई संस्थागत परामर्श सेवा प्रदान गर्दै आइरहेको कम्पनीले सोहि सेवालाई थप परिस्कृत गर्ने क्रममा ‘वान स्टेप सोलुसन’ सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ डायस्पोरा खाता सेवा संचालनमा ल्याएको हो।

Kumaribank

कम्पनीका अनुसार यो सेवा गैर-आवासीय नेपाली तथा नेपाल बाहिर बसेर गरी नेपालमा आफ्नो व्यवसाय स्थापना वा विस्तार गर्न चाहने उद्यमी/लगानीकर्ता व्यवसाय स्थापना वा विस्तार गर्ने क्रममा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य यस एन आई सी एशिया क्यापिटल मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ।

उक्त सेवाले लगानीकर्ताहरुलाई एकिकृत रुपमा वित्तीय, कानुनी र कम्पनी संचालनको क्रममा आवश्यकता अनुसारको सम्पूर्ण सहयोग गर्दछ। यो सेवा विषेश रुपमा नेपालमा आर्थिक वृद्धिलाई बढावा दिँदै गैर-आवासीय नेपाली (ल्च्ल्क) र नेपाल बाहिर बसोबास गर्ने नेपाली (ल्च्इक) लगायत विश्वभर छरिएर बसोबास गरिरहेका नेपालीलाई नेपालमा व्यापार व्यवसाय स्थापना तथा संचालन गर्नको लागि सहजिकरण गर्ने महत्वपूर्ण भुमिका निर्भाह गर्नु हो।

डायस्पोरा खाता सेवाको मुख्य विशेषताहरुमा कम्पनी दर्ता, कम्पनीको मूल्याङ्कन, कानुनी तथा अनुपालन र आवश्यक लगानी रकम संकलन गरिदिने, इक्विटी लगानी, इक्विटी/उद्यम पूँजी व्यवस्थापन, वित्तीय विश्लेषण र विदेशी प्रत्यक्ष लगानी सम्बन्धमा परामर्श दिने, निष्काशन तथा बिक्री प्रबन्धक, पूँजी सङ्कलन र नियामक निकायले तोके बमोजिमको कार्यसम्पादन गर्ने, वित्तीय विश्लेषण, कम्पनी मूल्याङ्कन, इक्विटी लगानी र व्यवसाय संचालनमा आवश्यक परामर्श गर्नै आदि रहेका छन्।

यस बाहेक संस्थापक समूहको शेयर बिक्री गर्न चाहने सम्बन्धित शेयरधनीहरुले क्यापिटलको वेभसाईटमा माग गरे बमोजिमको विवरण रितपुर्वक भरे पश्चात् उक्त विवरणको आधारमा सम्बन्धित कम्पनीको शेयर खरिदकर्ता खोजिदिने कार्य क्यापिटलले गर्ने छ। कुनै पनि कम्पनीको संस्थापक समूहको शेयरमा लगानी गर्न चाहने लगानीकर्तालाई सोको विवरण उपलब्ध गराए पश्चात् क्यापिटलले उक्त कम्पनीको शेयर खोजि दिने कार्य गर्ने छ।

Metro Mart

सम्बन्धित शेयर खरिदकर्ता तथा बिक्रीकर्ताको विवरण अति सुरक्षित तथा गोपनियता कायम हुने गरी प्राप्त विवरण सम्बन्धित अधिकारीले आवश्यक अध्ययन गरेर शेयर खरिद बिक्री सम्बन्धी आवश्यक प्रकृया अगाडी बढाउनेछ।

सम्बन्धित व्यक्ति तथा संस्थाहरुले आफुले खरिद बिक्री गर्न चाहेको सम्बन्धित कम्पनीको विवरण सहजै रुपमा स्वदेश तथा विदेशको जुन सुकै स्थानबाट पनि सहज र सर्वसुलभ रुपमा अनलाईन मार्फत विवरण उपलब्ध गराउने लगायतका सेवाहरु रहेका छन्।

प्रकाशित: Mar 12, 2025| 14:09 बुधबार, फागुन २८, २०८१
प्रतिक्रिया दिनुहोस्