काठमाडौं- राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले राजाको नामले सदन तरंगित भएकोमा आफूहरू खुसी भएको बताएका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानले यस्तो बताएका हुन्।
उनले भने,‘आज सदन राजाको नामले तरंगित छ, हामी खुसी छौँ। फागुन ७ गते राजाबाट शुभकामना व्यक्त गर्दै अभिभावकीय भूमिका निर्वाह गरिबक्स्यो । सोही अनुसार २५ गते पोखराबाट काठमाडौँ फर्कँदा स्वतःस्फूर्त रूपमा नागरिकहरू एयपोर्ट हुँदै निर्मल निवास पुगे।’
उनले प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै अपरिपक्व भएको समेत बताए। उनले भने, ‘विद्धान मित्रहरू भनिरहेका छन्, अव यो व्यवस्थाले धान्न सक्दैन। राजसंस्थाको अपरिहार्यताको कुरा गरिरहेका छन्। संघीयता खारेजीका कुरा गरिरहेका छन् ।’
पश्चगामी र पुनरुउत्थावादी कुरा नगरेको भन्दै अभिभावकको भूमिका निर्वाह गर्ने राजसंस्था संसदबाटै व्यवस्था गर्न सकिने प्रधानको भनाइ छ। आन्दोलनलाई निरन्तरता दिने भन्दै उनले अबको आन्दोलनमा सारा राष्ट्रवादी शक्ति एक ठाउँमा उभिने दाबी गरे।