बुधबार, फागुन २८, २०८१

'पूर्वराजा एयरपोर्टबाट घर जाँदा किन तर्सिएको ?'

 |  मंगलबार, फागुन २७, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०८१

काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा)का प्रथम उपाध्यक्ष एवं सांसद राजकिशोर यादवले पूर्वराजा ज्ञानेन्द्र शाह विमानस्थलबाट घर जाँदा किन आत्तिएको भन्दै सत्ताधारी र प्रमुख प्रतिपक्षी दलका नेतामाथि प्रश्न गरेका छन्।

health

मंगलबार प्रतिनिधि सभाको बैठकमा यादवले राजावादीहरु सल्बलाउनुमा ठूला दलका नेताहरुको कार्यशैली र सरकार सञ्चालनको तरिका जिम्मेवार रहेको तर्क गरे।  सत्ता र प्रतिपक्षी दलका नेताहरुले संसद्मा बोल्दा एकअर्काप्रति आरोप-प्रत्यारोप र रोइलो गरेको उनले बताए।

यादवले भने,‘प्रमुख प्रतिपक्षी दलका नेताको कुरा पनि सुनियो। सत्तापक्षका होनहार नेताहरुका कुरा पनि सुनियो। यो सदनको बहस सुन्दा यो बहस नभएर, जनताको आवाज नभएर नेताहरुको गनगन र रोइलोजस्तो। मलाई लाग्छ, त्यो एक प्रकारको आफैंप्रतिको अविश्वासको प्रतिकात्मक अभिव्यक्ति थियो। कुराका लागि कुरामात्र गर्ने हो भने एकजना एयरपोर्टबाट आफ्नो घर जाँदा राज्य सत्ता नै तर्सिनुपर्ने, चिन्तित हुनुपर्ने र पूरै सदनको समय खर्चिनुपर्ने अवस्था आयो।’

यादवले यो स्थिति आउनुमा आफूहरुका व्यवहार जिम्मेवार रहेकामा समीक्षा गर्न प्रमुख दलका नेताहरुलाई आग्रह गरे। उनले भने, ‘एकचोटि आफूले रजगज गरेका, आफूले जसरी व्यवस्थाको नाममा राज्य कब्जा गरेर दोहन गरेका ती दिनहरुलाई एकचोटि हामी फेरि रिभिजिट गर्ने हो कि ? मलाई लाग्छ अरुतिर औंला उठाउनुअघि हामी सबैले आफैंतिर एकचोटि आत्मसीमक्षा गर्नुपर्ने भएको छ।’

दलका नेताहरुले दलपतिका रुपमा शासन चलाउन खोजेकाले असन्तुष्ट जनता राजावादीको प्रदर्शनमा सहभागी भएको उनको भनाइ थियो।

प्रकाशित: Mar 11, 2025| 18:22 मंगलबार, फागुन २७, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्