बुधबार, असार ३, २०८३

सूर्य थापाको माग- संसद्‍मा राजा सम्बोधन गर्न सभामुखले रोक्नुपर्छ

 |  मंगलबार, फागुन २७, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०८१
National life
Shivam cement

काठमाडौं- नेकपा एमालेका सांसद सूर्य थापाले संसद्भित्र ‘राजा’ सम्वोधन नगर्न सभामुखबाट रुलिङको माग गरेका छन्। आज संसद् बैठकमा बोल्दै उनले राजसंस्था पुनर्स्थापनाको माग गर्नेहरुलाई पटमूर्खको संज्ञा दिए।

थापाले पूर्वराजा ज्ञानेन्द्रलाई फेरि नारायणहिटी फर्किने सपना नदेख्न आग्रह गरे। केही असन्तुष्ट र भड्किएका आत्माले हुइँया मच्चाउँदैमा राजा नफर्किने उनको टिप्पणी छ।

‘राजाको छोरा राजा हुने दिन गए, अब सम्झिने पानी छम्किने हो’, उनले भने।

प्रकाशित: Mar 11, 2025| 17:14 मंगलबार, फागुन २७, २०८१
प्रतिक्रिया दिनुहोस्