सोमबार, असार १, २०८३

जोगियो रास्वपा सांसद तोसिमा कार्कीको पद

 |  मंगलबार, फागुन २७, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीको पद जोगिएको छ। सर्वोच्च अदालतले आज उनको पक्षमा आदेश दिएको हो।

National life

न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले उक्त आदेश दिएको हो।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेकी कार्की मेडिकल काउन्सिलको सदस्य भएकाले निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो। काउन्सिलबाट राजीनामा नगरी उम्मेदवार बन्न नपाउने भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो।

त्यसविरुद्ध सर्वोच्च अदालत पुगेकी कार्कीको उम्मेदवारी सर्वोच्चको अन्तरिम आदेशबाट जोगिएको थियो। कार्की ललितपुर क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद भइन् र मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा पनि दिइन्।

त्यही मुद्दामा अहिले सर्वोच्चले अन्तिम निर्णय सुनाएको हो।

Shivam cement

 

 

प्रकाशित: Mar 11, 2025| 16:50 मंगलबार, फागुन २७, २०८१
प्रतिक्रिया दिनुहोस्