मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • पूर्वराजालाई पनि अटाउने नयाँ समझदारी गर्न दलहरू तयार हुनुपर्छ: राप्रपा

पूर्वराजालाई पनि अटाउने नयाँ समझदारी गर्न दलहरू तयार हुनुपर्छ: राप्रपा

 |  सोमबार, फागुन २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०८१

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले अब राजासहितको नयाँ समझदारीमा जानुपर्ने निष्कर्ष निकालेको छ।

National life

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सोमबार बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो।

राप्रपाले पूर्वराजालाई राजाकै संज्ञा दिँदै उनको सम्मान र स्वागतको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताएको छ।

‘राजाको स्वागतमा ठूलो संख्यामा विमानस्थल र सडकमा उपस्थित आमनागरिकमा राप्रपा हार्दिक धन्यवाद एवम् कृतज्ञता ज्ञापन गर्दछ’, बैठकपछि राप्रपा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आमनागरिकको विशाल र उत्साहजनक उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको छ।’

राप्रपाले आमनागरिकको चाहना, देशको आवश्यकता, सडकमा प्रतिबिम्वित जनभावनाअनुरुप मुलुकलाई निकास दिन अब नयाँ समझदारीमा जानुपर्ने बताएको छ।

Laxmi sunrise bank
kumari

‘कसैलाई निषेध नगर्ने व्यवस्थाका लागि नवीन समझदारी गर्न राप्रपा सबै राजनीतिक दललाई आह्वान गर्दछ’, वक्तव्यमा भनिएको छ, ‘यसका लागि आवश्यक संवादको थालनी गर्नसमेत राप्रपा सबै राजनीतिक दललाई आग्रह गर्दछ।’

प्रकाशित: Mar 10, 2025| 20:24 सोमबार, फागुन २६, २०८१
प्रतिक्रिया दिनुहोस्