मंगलबार, पुस ८, २०८२

'जनतामा फ्रस्टेशन छ, त्यसको मौका राजावादीले उठाए'

 |  सोमबार, फागुन २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०८१

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता अहिलेको सरकारबाट निराश भएको र त्यसको फाइदा राजावादीले उठाएको बताएका छन्।

National life

सोमबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘सरकार जुन ढंगले बन्यो, जनतामा निकै ठूलो निराशा र आक्रोश छ। जनताको समस्याका बारेमा सरकारको ध्यान केन्द्रित भएको अझै देखिँदैन। सेटिङमै नै आफ्नै मान्छे भर्ती गर्ने, नियुक्ति गर्नेतिर केन्द्रित भएकाले जनतामा निकै ठूलो फ्रस्टेशन छ। त्यसले गर्दा नै प्रतिक्रियावादी शक्तिहरूले त्यसलाई मौका पाएको जस्तो देखिन्छ।’ 

राजावादीहरूको प्रदर्शनबाट आफू विचलित नभएको उनले बताए। राजावादीहरूको प्रदर्शनले मनमुटु हल्लिएको हो? भन्ने प्रश्नमा उनले भने, ‘यो प्रदर्शनले केही हल्लाएको छैन। केही भएको छैन। केको डराउनु ? त्यस्तो लडाइँको बीचमा त्यस्तो गर्दा त डराइन् यहाँ त अहिले?’

अध्यक्ष दाहालले प्रदर्शनको जिम्मेवारी सरकारले लिनुपर्ने पनि बताए। सरकारले जनताका लागि काम गर्न नसक्दा जनता निराश भएको टिप्पणी उनको थियो। 

उनले राजावादीहरूको प्रदर्शनको काउण्टरमा जाने-नजाने भनेर सल्लाह गरिरहेको जानकारी दिए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 10, 2025| 19:04 सोमबार, फागुन २६, २०८१
प्रतिक्रिया दिनुहोस्