सोमबार, असार १, २०८३

ओली सरकारका कारण प्रतिगामी सलबलाएका हुन्: माओवादी

 |  सोमबार, फागुन २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०८१

नेकपा माओवादी केन्द्रले अहिलेको सरकारका कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको छ।

National life

माओवादी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा सोमबार बसेको माओवादी पदाधिकारी बैठकले केपी ओली नेतृत्वको दुईदलीय सरकारको कुशासनका कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको हो।

प्रतिगामीहरू सक्रिय भए पनि नेपाली जनतालाई भने धेरै प्रभाव नपरेको बैठकको निष्कर्ष रहेको प्रवक्ता अग्नि सापकोटाले बताएका छन्। अहिले पनि नेपाली जनता लोकतन्त्रको पक्षमा रहेकाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रमात्रै हुन सक्छ भन्ने पार्टीको निष्कर्ष रहेको उनले बताए।

संविधान जारी गरेको र मुलुकको संघीयतासहितको परिवर्तन मन नपराउनेहरुले सरकारको कुशासनका कारण फेरि टाउको उठाउन खोजेको प्रवक्ता सापकोटाले बताए। अहिलेको संविधान र व्यवस्थाप्रति केही प्रश्न उठे पनि त्यसको समाधानसमेत रहेको धारणा उनले राखे।

बैठकमा जनतासँग माओवादी अभियानको प्रारम्भिक समीक्षा भएको र झापादेखि रौटहटसम्म आइपुग्दा जनतामा नयाँ जागरण पैदा भएको ठहर गरको उनले बताए। हाललाई स्थगित गरिएको अभियान अर्को महिना सुरु गर्ने माओवादीले जनाएको छ।

Shivam cement

प्रकाशित: Mar 10, 2025| 13:04 सोमबार, फागुन २६, २०८१
प्रतिक्रिया दिनुहोस्