आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राप्रपा महामन्त्री राणा भन्छन् - चैतदेखि बृहत् राष्ट्रवादी आन्दोलन गर्छौं

राप्रपा महामन्त्री राणा भन्छन् - चैतदेखि बृहत् राष्ट्रवादी आन्दोलन गर्छौं

 |  सोमबार, फागुन २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०८१

राप्रपाका महामन्त्री धवलशमशेर राणाले यही चैत १ गतेदेखि बृहत् राष्ट्रवादी आन्दोलन गर्ने बताएका छन्। राजतन्त्र फर्काउने उद्देश्यका साथ चैत १ गतेदेखि बृहत् राष्ट्रवादी आन्दोलनको सुरुवात गरिने उनको भनाइ छ।

‘अब राष्ट्र, धर्म, संस्कृतिको रक्षा तथा स्वाभिमानी नेपाल निर्माणका लागि आउँदो चैत महिनाको १ गतेदेखि बृहत् राष्ट्रवादी अआन्दोलनको सुरुवात गरिँदै छ। सनातन धर्म र राजसंस्थाको पक्षमा ऐक्यबद्धता जनाउन सबै राष्ट्रप्रेमी नेपालीहरूलाई सक्रिय सहभागिताको लागि आह्वान गर्दछु’, उनले भनेका छन्।  

राप्रपाको आन्दोलन परिचालन समितिका संयोजकसमेत रहेका उनले पूर्वराजा ज्ञानेन्द्र शाहको आइतबार भव्य स्वागत भएको समेत बताए।

प्रकाशित: Mar 10, 2025| 12:10 सोमबार, फागुन २६, २०८१
प्रतिक्रिया दिनुहोस्