मंगलबार, पुस ८, २०८२

राजतन्त्र फर्किने कुनै माहोल छैन, हल्लामात्रै हो: देउवा

 |  सोमबार, फागुन २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०८१

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्कने कुनै माहोल नभएको बताएका छन्। राजतन्त्रका पक्षमा अहिले हल्लामात्र भइरहेको उनले बताए।

National life

धनगढी विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले हल्ला गरेर केही नहुने बताए। 'कुनै माहोल बनेको मैले देखेको छैन, हल्लामात्र हो,' देशभर राजतन्त्रका पक्षमा माहोल बढेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा पूर्वप्रधानमन्त्री देउवाले भने।

देउवाले वर्तमान सरकारमा कुनै समस्या नभएको बताउँदै यो गठबन्धन २०८४ सम्म कायम रहने उल्लेख गरे। कांग्रेसको १५ औं महाधिवेशन पनि समयमै हुने सभापति देउवाको भनाइ थियो।

सभापति देउवा कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलन उद्घाटन गर्न धनगढी गएका हुन्।

प्रकाशित: Mar 10, 2025| 12:07 सोमबार, फागुन २६, २०८१
प्रतिक्रिया दिनुहोस्