बुधबार, असोज १, २०८२

भारतको चर्चित डि.एस. ग्रुप नेपाली बजारमा प्रवेश

 |  आइतबार, फागुन १८, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०८१

vianetvianet

काठमाडौं-: बहु-व्यापारिक कर्पोरेसन र अग्रणी भारतीय एफएमसीजी समूह धरमपाल सत्यपाल ग्रुप (डि.एस. ग्रुप)ले भारतीय एथ्निक कन्फेक्शनरी र माउथ फ्रेसनर ब्रान्डहरू लगायत आफ्ना लोकप्रिय कन्फेक्शनरीहरु नेपालमा आधिकारिक रूपमा उपलब्ध गराएको छ।

Kumaribank

कम्पनीको यस रणनीतिक कदमले विश्वव्यापी रुपमा विस्तार गर्दै नेपाली उपभोक्ताहरूलाई यसको प्रतिष्ठित उत्पादनहरूसँग परिचय गराएको छ। यी उत्पादनहरू नेपालमा वितरण गर्नको लागि एलजी इन्टरनेशनललाई अन-ग्राउन्ड व्यापार साझेदारको रूपमा नियुक्त गरिएको छ।

काठमाडौंमा आयोजित एक डिलर कार्यक्रमको साथ यी उत्पादनहरू नेपालमा उपलब्ध भएको घोषणा गरिएको थियो। कार्यक्रममा प्रमुख वितरकहरू र सरोकारवालाहरूलाई भारतीय स्वादका कन्फेक्शनरी उत्पादनहरू सहित मिठाईका विविध रेञ्जबारे परिचय गराइएको थियो।

यसमा रजनीगन्धा सिल्भर पल्र्स, पास पास जस्ता ताजा माउथ फ्रेसनरहरू र पल्स क्यान्डी, लभिट र चेरियो (हार्ड बोइल्ड क्यान्डी) जस्ता लोकप्रिय क्यान्डी, च्युइङ गमहरू समावेश छन्।

नेपाली कन्फेक्शनरी बजार डि.एस. ग्रुपको लागि महत्त्वपूर्ण वृद्धिको अवसरका रुपमा रहेको छ। नेपालको समान परम्परा, विश्वास, स्वाद र प्राथमिकताहरू, भारतीय ब्रान्डहरूप्रतिको उच्च स्वीकार्यता तथा विशाल भारतीय पर्यटक संख्याको संयोजनले नेपाल एउटा आशाजनक बजार बनेको छ।

Metro Mart

डि.एस ग्रुपले नेपाली एफएमसीजी क्षेत्रको विकासमा योगदान पुर्याउँदै अद्वितीय यूएसपीहरू सहित उच्च गुणस्तर र नवीन उत्पादनहरू प्रदान गरेर पर्याप्त बजार हिस्सा कब्जा गर्ने लक्ष्य राखेको छ।

यो विस्तारले स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउँदै नेपालमा रोजगारीका अवसरहरू सिर्जना गर्नेछ। गुणस्तर, नवीनता र उपभोक्ता सन्तुष्टिमा डि.एस. ग्रुपको ध्यान केन्द्रित छ जसले यो गतिशील बजारमा सफल हुन सहयोग गर्दछ।

हालै डि.एस. ग्रुपको कन्फेक्शनरी डिभिजनले आर्थिक वर्ष २०२३-२४ मा वार्षिक बिक्री कारोबारमा भारु १,००० करोड पार गरेर महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

भारतमा डि.एस. ग्रुप गैर-चकलेट श्रेणीमा दोस्रो ठूलो कन्फेक्शनरी उत्पादक तथा उद्योगमा सबैभन्दा ठूलो, द्रुत गतिमा बढ्दो भारतीय कन्फेक्शनरी उत्पादकहरू मध्ये एक हो जसले हार्ड बोइल्ड क्यान्डी र भारतीय एथ्निक कन्फेक्शनरीहरूमा नेतृत्वदायी स्थान ओगटेको छ।

दिगोपनमा जोड दिँदै कन्फेक्शनरी उत्पादनहरूको वितरणका लागि ८०० भन्दा धेरै विद्युतीय सवारी साधनहरूको व्यवस्था गरिएको छ, जसले स्वच्छ र सफा वातावरणमा योगदान पुर्याउँछ।

प्रकाशित: Mar 02, 2025| 14:15 आइतबार, फागुन १८, २०८१
प्रतिक्रिया दिनुहोस्