सोमबार, असार १, २०८३

शिवम् सिमेन्ट्सलाई कर्पोरेट एक्सिलेन्सी अवार्ड

 |  आइतबार, फागुन १८, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०८१

काठमाडौं- शिवम् सिमेन्ट्स लिमिटेडले उत्पादन क्याटेगोरीमा कर्पोरेट एक्सिलेन्सी अवार्ड पाएको छ।

National life

यही १३ गते काठमाडौंमा कर्पोरेट क्लब नेपाल प्रालिले आयोजना गरेको एचआरएम अवार्ड कार्यक्रममा कम्पनी सम्मानित भएको हो।

उक्त कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरु तथा संस्थाहरुलाई अवार्ड प्रदान गरिएको थियो। यसरी उत्कृष्ट उत्पादनमूलक उद्योगको रुपमा स्थापित शिवम् सिमेन्ट लिमिटेडले विगतका दिनहरुमा समेत विभिन्न अवार्डहरुबाट सम्मानित भइसकेको छ।

५३ ग्रेड तथा ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको शिवम् ओपीसी सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठूला–ठूला परियोजनाहरुका साथै अनेकौँ संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समयदेखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ।

नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ।

Shivam cement

नेपाल गुणस्तर चिह्न ५७२, ४९ तथा बीआईएस (आईएसआई), यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट्सप्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ।

 

प्रकाशित: Mar 02, 2025| 14:12 आइतबार, फागुन १८, २०८१
प्रतिक्रिया दिनुहोस्