मंगलबार, पुस ८, २०८२

म पनि सभापतिको लाइनमा छु: प्रकाशमान

 |  आइतबार, फागुन १८, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०८१

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले पार्टी सभापतिमा आफ्नो पनि दाबी रहने बताएका छन्।

National life

आइतबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सिंहले भावी सभापतिको लाइनमा आफू पनि रहेको बताएका हुन्।

‘जुन पदमा म छु, त्योभन्दा तल जान म तयार छैन। नेतृत्व परिवर्तन पार्टी विधानअनुसार नै हुन्छ। यसमा कसैले व्यक्तिगत स्वार्थ पूरा गर्नेभन्दा संस्थागत विकासलाई प्राथमिकता दिनुपर्छ,’ उनले भने।

सिंहले आफू संस्थागत पार्टी निर्माणमा दृढ रहेको बताए। उनले भने, ‘पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वाभाविक हो। तर, प्रतिस्पर्धा विधि र विधानअनुसार हुनुपर्छ। पार्टीलाई बलियो बनाउन महाधिवेशनलाई अवसरका रूपमा लिनुपर्छ। विवादका रूपमा होइन।'

प्रकाशित: Mar 02, 2025| 12:24 आइतबार, फागुन १८, २०८१
प्रतिक्रिया दिनुहोस्