आइतबार, साउन २४, २०८३

'औषधि छैन भन्ने छुट सरकारी अस्पताललाई छैन'

 |  आइतबार, फागुन १८, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०८१

इलाम- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन्।

इलाम अस्पतालको आज अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताए।

उनले भने, ‘अब पनि औषधि छैन भन्नु गैरकानुनी हो।’ उनले तोकिएका औषधि अनिवार्य राख्नुपर्ने बताए। सरकार तथा स्वास्थ्य बिमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ। तोकिएका औषधि अनिवार्य राख्न उनले निर्देशन दिए।

उनले चिकित्सकले लेखेका औषधि छैन भनेर पन्छिने छुट अब सरकारी अस्पताललाई नभएको बताए। त्यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक काम अगाडि बढाएको उनको भनाइ छ।

बिमाका केही व्यवस्थापनमा समस्या भए पनि यसलाई सुधार गर्न लागेको उनले बताए।

प्रकाशित: Mar 02, 2025| 10:23 आइतबार, फागुन १८, २०८१
प्रतिक्रिया दिनुहोस्