सोमबार, असार १, २०८३

'कांग्रेस महाधिवेशन विधानले तोकेको समयभित्रै गर्नुपर्छ'

 |  शनिबार, फागुन १७, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १७, २०८१
National life
Shivam cement

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने बताएका छन्।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विसं २०८२ भित्रै महाधिवेशन गर्नुपर्नेमा जोड दिए । नेता डा कोइरालाले महाधिवेशनपूर्व गर्नुपर्ने सदस्यता नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरणलगायत काममा भएको ढिलाइप्रति चिन्ता व्यक्त गरे।

उनले २०८२ भित्र पार्टीको महाधिवेशन सकेर २०८४ को आमनिर्वाचनमा एकताबद्ध भएर पार्टीलाई विजयी बनाउने गरी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित: Mar 01, 2025| 19:44 शनिबार, फागुन १७, २०८१
प्रतिक्रिया दिनुहोस्