आइतबार, वैशाख ७, २०८२

खानेपानीमन्त्री यादव भारत प्रस्थान

 |  शनिबार, फागुन १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १७, २०८१

vianetvianet

काठमाडौं- खानेपानीमन्त्री प्रदीप यादव शनिबार छिमेकी मुलुक भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन्।

triton college

भारतको राजधानी नयाँ दिल्ली स्थित जलशक्ति मन्त्रालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल सरकारकारतर्फबाट सहभागी हुन मन्त्री यादव आज भारत प्रस्थान गरेको खानेपानी मन्त्रालयका सहसचिव ई मिना श्रेष्ठले जानकारी दिइन्।

उनले भने, ‘यही फागुन १९ गते सोमबार हस्ताक्षर गरिने समझदारीपत्र कार्यक्रममा सहभागी हुन मन्त्री यादव आज २ बजे भारत प्रस्थान गर्नु भएको हो। उक्त समझदारी पत्रमा नेपाल सरकारका तर्फबाट मन्त्री यादव र भारत सरकारकारतर्फबाट जलशक्तिमन्त्री सिआर पाटीलले हस्ताक्षर गर्नु हुने छ।’

भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाइ र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न सम्झौता पत्रमा हस्ताक्षर हुने जनाइएको छ। खानेपानीको  स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाइ प्रवर्द्धन, फोहोर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने उक्त सम्झौताको लक्ष्य रहेको सहसचिव ई श्रेष्ठले बताइन्।

उक्त सम्झौतामा भूगर्भीय पानी व्यवस्थापन, प्रविधि तथा सूचना आदान–प्रदान, वर्षातको पानी संकलन तथा मापन, प्रविधि साझेदारी, नेपाल सरकारलाई प्रविधि तथा तालिम सहयोग रहने जनाइएको छ। 

National life insurance

उक्त सम्झौताले भारत र नेपालबीच खानेपानी तथा सरसफाइ क्षेत्रमा आपसी सहयोग बलियो बनाउने लक्ष्य राखिएको छ।

प्रकाशित: Mar 01, 2025| 14:57 शनिबार, फागुन १७, २०८१
प्रतिक्रिया दिनुहोस्