बुधबार, असोज १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मेट्रो मार्केटको नयाँ स्टोर आजदेखि कमलविनायकमा खुल्दै, २० प्रतिशतसम्म छुट

मेट्रो मार्केटको नयाँ स्टोर आजदेखि कमलविनायकमा खुल्दै, २० प्रतिशतसम्म छुट

 |  शनिबार, फागुन १७, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १७, २०८१

vianetvianet

काठमाडौं- डीभी ग्रुप अफ कम्पनीजको व्यवस्थापनमा सञ्चालित मेट्रो मार्केटले आज शनिबारदेखि भक्तपुरको कमलविनायकमा नयाँ स्टोर सञ्चालनमा ल्याउँदैछ। 

Kumaribank

स्टोर शुभारम्भका अवसरमा सम्पूर्ण सामानहरुमा ५ देखि २० प्रतिशतसम्म छुट पाइनेछ।

चालु आर्थिक वर्ष २०८१-८२ भित्र स्टोरको संख्या २० पुर्‍याउने लक्ष्य कम्पनीको छ। मेट्रो मार्केटको पहिलो स्टोर पेप्सीकोलामा खुलेको थियो भने पछिल्लो स्टोर हालैमात्र झम्सीखेलमा सञ्चालनमा आएको छ।

मेट्रो मार्केटका शाखाहरु काठमाडौंको पेप्सीकोला, जोरपाटी, कपन, शान्तिनगर, बालाजुको जरङ्‍खु, वनस्थली, ताहाचाल, भक्तपुरको सूर्यविनायक, ललितपुरको सानेपा, भैंसेपाटी, झम्सीखेल र कुमारीगालमा सञ्चालित छन्। 

निकट भविषयमै ललितपुरको ठैवमा स्टोर खोल्ने तयारी रहेको छ। हाललाई उपत्यकामै केन्द्रित भएर सेवा विस्तार भइरहेको र आगामी दिनमा उपत्यकाबाहिर पनि शाखा विस्तार गरिने कम्पनीले बताएको छ।

Metro Mart

मेट्रो मार्केटमा अफर तथा छुट पनि प्राय: चलिरहन्छ। हरेक चाडबाडमा मेट्रो मार्केटले आफ्ना ग्राहकका लागि विशेष अफर ल्याउँछ। यसबाहेक हरेक बुधबार मेट्रो महाबचत र शनिबार मेट्रो सस्तो शनिबार अफरमा सस्तो मूल्यमा सामान किन्न पाइन्छ।

मेट्रो मार्केटका सबै स्टोर ग्राहकको सुविधाजनक स्थानमा छन्। यसले गर्दा ग्राहकले आफ्नो टोलछिमेकमै आवश्यक सामग्री खरिद गर्न सक्छन्। साथै सबै स्टोरमा पर्याप्त मात्रामा नि:शुल्क पार्किङ उपलब्ध छन्। ग्राहकको आवश्यकता अनुसार होम डेलिभरीको समेत सुविधा रहेको छ।

मेट्रो मार्केटका स्टोरहरु हप्ताको सातै दिन बिहान ६ बजेदेखि राति ९ बजेसम्म खुला रहन्छन्।

प्रकाशित: Mar 01, 2025| 06:56 शनिबार, फागुन १७, २०८१
प्रतिक्रिया दिनुहोस्