बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • मन्दिर बन्द भए पनि पाशुपत क्षेत्रमा भक्तजनको घुइँचो [फोटो फिचर]

मन्दिर बन्द भए पनि पाशुपत क्षेत्रमा भक्तजनको घुइँचो [फोटो फिचर]

साउने सोमबारको अन्तिम दिन पशुपतिनाथ मन्दीर क्षेत्रमा भक्तजनको घुइँचो लागेको छ। कोरोना जोखिमलाई मध्यनजर गर्दै मुख्य मन्दिर बन्द गरिएको भए पनि पशुपतिनाथ क्षेत्रमा भक्तजनको भीड भने बाक्लै रहेको छ।
 |  सोमबार, साउन ३२, २०७८

धीरज बस्नेत

धीरज बस्नेत

सोमबार, साउन ३२, २०७८

काठमाडौं- साउने सोमबारको अन्तिम दिन पशुपति क्षेत्रमा भक्तजनको घुइँचो लागेको छ। कोरोना संक्रमण जोखिमका कारण मुख्य मन्दिर बन्द गरिएको भए पनि पशुपतिनाथ क्षेत्रमा भक्तजनको बाक्लो चहलपहल छ।

National life

उनीहरूले बाहिरै रहेका मन्दिरहरूमा दर्शन गरिरहेका छन्। भक्तजन भन्छन्, 'कोरोनाको त्रास छ त्यो भन्दा बढी भगवानसँग आस छ।'

साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका श्रद्धालु भक्तहरूले अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्ने गरेका छन्।

साउन महिना भगवान् शिवको प्रिय महिनाका रूपमा लिइन्छ। त्यसमा पनि सोमबारलाई विशेष मानिन्छ। भक्तहरू यो दिन व्रत, पूजापाठ, दान आदि गरी शिवाराधना गर्ने गर्छन्।

तर, यसपालि कोरोना संक्रमण फैलिन नदिन मठमन्दिरलगायत मानिसहरूको भीडभाड हुने सबै स्थानहरू बन्द राख्ने सरकारको निर्णय अनुसार सबैजसो मन्दिरहरू बन्द छन्।

Shivam cement




प्रकाशित: Aug 16, 2021| 08:24 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।