सोमबार, असार ८, २०८३

मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

 |  शुक्रबार, फागुन २, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २, २०८१

पर्वत- लामो समयदेखि आँखाको रोग बल्झाएर बसेका यहाँका १५४ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ।

National life

आँखाको उपचारका लागि पोखरा, काठमाडौँ जान नसक्ने बिरामीको समस्यालाई मध्यनजर गर्दै प्रदेश अस्पताल पर्वतमा सञ्चालन गरिएको तीनदिने शिविरमा मोतीयाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको हो। गत माघ २९ देखि यही फागुन १ गतेसम्म गरी तीन दिनसम्म शिविर सञ्चालन गरिएको थियो।

पर्वत सक्रिय लायन्सक्लबको आयोजना तथा रेज होप युकेको आर्थिक सहयोगमा तीनदिने शिविर सञ्चालन गरिएको हो। शिविर सञ्चालनका लागि हिमालय आँखा अस्पताल पोखरा, नेपाल नेत्रज्योति सङ्घ लगायतको प्राविधिक सहयोगसमेत रहेको थियो।

यसअघि जिल्लाका आठ स्थानमा सञ्चालन गरिएको आँखा जाँच शिविरबाट पाँच हजारभन्दा बढीको आँखा परीक्षण गरिएको थियो। उनीहरुमध्येबाट १५४ जनाको मोतीयाबिन्दुको शल्यक्रिया गर्नुपर्ने पहिचान गरिएको थियो। पहिचान भएका सबैलाई सदरमुकाम कुश्मामा रहेको प्रदेश अस्पतालमा बोलाएर निःशुल्क शल्यक्रिया गरिएको लायन्स क्लबका पूर्वडिस्ट्रिक्ट चिफ एडमिनिस्टर वसन्तकुमार कर्माचार्यले जानकारी दिए।

दुई वर्षदेखि बिसौँ वर्षसम्म आँखासम्बन्धी समस्या बल्झाएर बसेका ८६ वर्षको उमेरसम्मका वृद्धको शल्यक्रिया गरिएको उनले बताए। लामो समयदेखि आँखा नदेख्ने समस्या बोकेका वृद्धवृद्धाले नयाँ संसार देख्न पाएको भन्दै खुसी व्यक्त गरेका थिए।

Shivam cement

मोतीयाबिन्दुका बिरामीको शल्यक्रियाका लागि कतिपय वडाले निःशुल्क सवारी साधनको व्यवस्था गरेको थियो। जिल्लाका सातवटै स्थानीय तहमा यसअघि स्क्रिनिङ शिविर सञ्चालन गरिएको थियो। रासस

प्रकाशित: Feb 14, 2025| 18:31 शुक्रबार, फागुन २, २०८१
प्रतिक्रिया दिनुहोस्