बुधबार, असोज १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • जाजरकोटमा सुन्तला बिक्रीबाट २२ करोडभन्दा बढी आम्दानी

जाजरकोटमा सुन्तला बिक्रीबाट २२ करोडभन्दा बढी आम्दानी

 |  आइतबार, माघ २७, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

आइतबार, माघ २७, २०८१

vianetvianet

सुर्खेत- जाजरकोटमा उत्पादित सुन्तला बिक्रीबाट यो वर्ष किसानले २२ करोड रूपैयाँभन्दा बढी आम्दानी गरेका छन्। जाजरकोट कृषि विकास कार्यालयका अनुसार यस वर्षमा सुन्तला बिक्रीबाट जिल्लाका किसानले २२ करोड दुई लाख ७१ हजार पाँचसय आठ रूपैयाँ आम्दानी गरेका हुन्।

Kumaribank

जिल्लाबाट दुई हजार सातसय ५३ मेट्रिकटन सुन्तला अन्य जिल्ला खपत भएको कार्यालयका सूचना अधिकारी नवीनराज आचार्यले जानकारी दिए। जिल्लामा ६ सय ७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिँदै आइएको छ। गत वर्षको तुलनामा किसानले बोटबाट मनग्य मूल्य पाएकाले बजारीकरणमा समस्या नपरेको उनले बताए। 

'यस वर्ष बोटबाट ५० रूपैयाँदेखि ८० रूपैयाँ प्रतिकिलो सुन्तला बिक्री भएको छ। किसानले सुरुमा ५० रूपैयाँमा बिक्री गरेकामा अन्तिम समयसम्म प्रतिकिलो ८० रूपैयाँसम्म मूल्य पाएका हुन्', आचार्यले भने। उनका अनुसार जिल्लाको कुसे गाउँपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, भेरी नगरपालिका, बारेकोट गाउँपालिकामा सुन्तला उत्पादन हुने गरेको छ।

किसानको खेतबारीमा पुगेर मल प्रयोग, काँटछाँट तथा औषधि दिनेसम्मको प्राविधिक सहायता दिएर सहयोग गरिरहेको सूचना अधिकारी आचार्यले बताए।

कुसे-५ दम्दालाका किसान रामबहादुर मल्लले पछिल्लो समय सुन्तलाखेतीबाट मनग्य आम्दानी हुनुका साथै बजारीकरणको समस्या नरहेको बताए। पहिले सुन्तलाका लागि बजारको समस्या भए पनि अहिले सुर्खेत, नेपालगञ्जबाट व्यापारी बारीमा पुग्ने खरिद गरेका उनको भनाइ छ। 

Metro Mart

पहिले अन्नबाली लगाउने खेतबारीलाई किसानले आजभोलि सुन्तला बारी बनाउन लागेका कुसे-५ दम्दालाकी जानुका मल्लले बताइन्। उनका अनुसार खेतीपातीभन्दा सुन्तलाबाट आम्दानी बढी हुने भएकाले यसतर्फ आकर्षित भएका हुन्।

पछिल्लो समय जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि विकास कार्यालय, पालिकाका कृषि शाखाले किसानका लागि प्राविधिक तथा यान्त्रिकीकरणमा सहयोग गर्दै आएका छन्। रासस

प्रकाशित: Feb 09, 2025| 18:31 आइतबार, माघ २७, २०८१
प्रतिक्रिया दिनुहोस्