बुधबार, असोज २१, २०८३

नेप्सेमा गिरावट, ३ अर्ब ७४ करोडको कारोबार

 |  बुधबार, असोज २१, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०८३

काठमाडौं । नेप्सेमा आज गिरावट आएको छ। आज बुधबार नेप्से ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा पुगेर रोकिएको छ।

आज ३५९ कम्पनिका एक करोड ३ लाख ६८८ कित्ता शेयर ३ अर्ब ७४ करोड ८० लाख ८० हजार ३०३ मा कारोबार भएको थियो। आज बैंकिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ।

आज, सबैभन्दा बढी घलेम्दी हाइड्रोको शेयर ६.२५ प्रतिशतले बढेको छ भने एनआइसी एशिया ब्यालेन्स फण्डको शेयर ५.८३ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमइ समुन्नत योजना- २ को शेयर ५.२६ प्रतिशतले घटेको छ।

त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको ३२ करोड २१ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको २९ करोड ३६ लाख बराबरको कारोबार भएको छ।

प्रकाशित: Oct 07, 2026| 15:50 बुधबार, असोज २१, २०८३
प्रतिक्रिया दिनुहोस्