बिहीबार, कात्तिक १९, २०८३

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

 |  शनिबार, माघ २६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, माघ २६, २०८१

काठमाडौं- गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको तेस्रो बैठक आज बस्दै छ।

Machhapuchchhre

आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन पेस गर्ने, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यजविधि तथा वित्तीय उत्तरदायित्व विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यसका साथै गृहमन्त्री रमेश लेखकले विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्ने, अर्थमन्त्री पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसूर तथा सजाय विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची छ।

राष्ट्रिय सभा बैठक पनि आज दिउँसो सवा १ बजे बस्दैछ।

प्रकाशित: Feb 08, 2025| 22:11 शनिबार, माघ २६, २०८१