सोमबार, चैत ११, २०८१

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 

 |  बिहीबार, माघ २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २४, २०८१

vianetvianet

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा मुख्यतया हालै सरकारले जारी गरेका ६ अध्यादेशहरू निर्णयार्थ प्रस्तुत हुनेछन्।

triton college

त्यो बाहेक बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक सबन्धी समितिको प्रतिवेदन, २०८१ र  ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक  सबन्धी समितिको प्रतिवेदन’ पेश गर्ने कार्यसूची रहेको छ। 

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक सबन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नेछन्।

संसद सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९/०८०’ पेस गर्ने कार्यसूची छ। यसैगरी, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।

प्रकाशित: Feb 06, 2025| 07:59 बिहीबार, माघ २४, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्