शनिबार, जेठ ३०, २०८३

नेपाल टेलिकमले कमायो एक वर्षमा सवा ६ अर्ब नाफा

 |  मंगलबार, माघ २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २२, २०८१

काठमाडौं- नेपाल टेलिकमले आर्थिक वर्ष २०८०-८१ मा ६ अर्ब २३ करोड खुद मुनाफा गरेको छ।

National life

मंगलबार २१ औं वार्षिकोत्सवका अवसरमा कम्पनीको पछिल्लो आर्थिक वर्षको आयव्ययसहितको विवरण सार्वजनिक गरिएको हो।

कम्पनीको वित्तीय अवस्थालाई नियाल्दा आर्थिक वर्ष २०८०-८१ मा कम्पनीको कुल आय ४२ अर्ब ११ करोड र खुद मुनाफा ६ अर्ब २३ करोड छ।
 
यो आँकडा अघिल्लो आर्थिक वर्षको तुलनामा केही कम रहेको टेलिकमले बताएको छ। अर्थतन्त्रका सूचांक नकारात्मक भएको अवस्थामा पनि कम्पनीले मुनाफा आर्जन गर्न सफल भएको कम्पनीले बताएको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले करिब २० अर्ब १२ करोड आयआर्जन गरिसकेको छ ।

टेलिकमको ग्राहक संख्या २ करोड १२ लाख ४२ हजार नाघेको छ। जीएसएमतर्फ २ करोड ७ लाख ७४ हजार र पीएसटीएन सेवाका ग्राहक ८७ हजार छन्। एचटीटीफ भ्वाइस सेवा लिने ३ लाख ८० हजार रहेको टेलिकमले जनाएको छ।

Shivam cement

प्रकाशित: Feb 04, 2025| 12:56 मंगलबार, माघ २२, २०८१
प्रतिक्रिया दिनुहोस्