बिहीबार, कात्तिक २७, २०८२

कांग्रेस सांसद शर्माले घोषणा गरे स्कुललाई डेढ करोड सहयोग, नाम फेर्न प्रस्ताव

 |  सोमबार, माघ २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, माघ २१, २०८१

काठमाडौं- नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले मोरङको एक स्कुललाई डेढ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। 

मोरङको ठकठकियास्थित श्री जनता माविलाई उनले घोषणा गरेका हुन्। सँगै उनले स्कुलको नामसमेत फेर्ने प्रस्ताव गरेका छन्।

विद्यालयका प्रधानाध्यापकले सूचना निकालेर यसबारे छलफल गर्न यही मंगलबार भेला डाकेका छन्। सूचनामा भनिएको छ-

'जनता मा. वि. रतुवामाई ९ मोरङका भूपु विद्यार्थी तथा संघिय सांसद मा. डा. शुनिल शर्माले यस विद्यालयको नाम परिवर्तनसँगै भौतिक पूर्वाधार स्तरोनतीका लागि रु. एक करोड पचास लाखको सहयोग गर्ने भनी विद्यालयमा निवेदन दर्ता गराउनु भएकोले सो विषयमा यस विद्यालयको सेवाक्षेत्र भित्रका सरोकारवाला, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजिवी, अभिभावक सहितको भेलाबाट आवश्यक सुझाव लिनुपर्ने भएकाले आम भेलामा उपस्थित भईदिनु हुन अनुरोध छ।'

सांसद शर्माले स्कुलको नयाँ नाम के प्रस्ताव गरेका छन् भन्नेचाहिँ सूचनामा खुलाइएको छैन। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 03, 2025| 18:55 सोमबार, माघ २१, २०८१
प्रतिक्रिया दिनुहोस्