आइतबार, पुस ६, २०८२

झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

 |  सोमबार, माघ २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, माघ २१, २०८१

National life
Laxmi sunrise bank
kumari

झापा- पूर्व-पश्चिम राजमार्गको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा आज बिहान सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको मे४प ९५० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई डाइभर्सनमा ठोक्किँदा झापा गाउँपालिका–६ शरणामतीका ५० वर्षीय हरिप्रसाद सिटौला गम्भीर घाइते भएका थिए।

टाउको र निधारमा चोट लागेर घाइते भएका सिटौलालाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पठाइएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले जाँच गर्दा मृत्यु भइसकेको जनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: Feb 03, 2025| 15:31 सोमबार, माघ २१, २०८१
प्रतिक्रिया दिनुहोस्