रूपन्देही, बुटवल उपमहानगरपालिका-१० चौराहस्थित सडकमा लु.२ ख ८८६ नम्बरको ट्रकमा लु.९४ प ८५९४ नम्बरको स्कुटर ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सोही उपमहानगरपालिका-१० कालिकानगर शम्भुपथ बस्ने गुल्मी घर भएका ७२ वर्षीय धन बहादुर पुनको घटनास्थलमै मृत्यु भएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तनहुँ, शुक्लागण्डकी नगरपालिका-७ मालेबगरस्थित सडकमा ग.१ क ५८९६ नम्बरको टिपरले प्र.३ ०१-०२२ च ६७७८ नम्बरको कार र ग.१८ प ७७५२ नम्बरको स्कुटरलाई आइतबार साँझ ठक्कर दिँदा स्कुटरमा सवार कास्की पोखरा महानगरपालिका-३२ लेखनाथ बस्ने ४१ वर्षीया अप्सरा क्षेत्रीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका कार चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सप्तरी, छिन्नमस्ता गाउँपालिका-५ लोखरमस्थित सडकमा लोखरमबाट सिपुरतर्फ जाँदै गरेको प्र.२-०१-००१ त ०२०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १८ वर्षीय मुकेश कामैतको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो।
झापा, कन्काई नगरपालिका-१ जुकेकल्भर्टस्थित सडकमा सुरूङगाबाट बिर्तामोडतर्फ जाँदै गरेको मे.४ प ९५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक झापा गाउँपालिका-६ शरणामती बस्ने ५० वर्षीय हरि प्रसाद सिटौलाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएनसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो।
मोरङ, उर्लाबारी नगरपालिका-३ मंगलबारे चोकस्थित सडकमा को.२८ प २२९३ नम्बरको मोटरसाइकलको ठक्करबाट मिक्लाजुङ गाउँपालिका-४ बस्ने ७० वर्षीय फौदसिंह बिकको आइतबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
मृत फेला
मोरङ, रंगेली नगरपालिका-३ दौलतपुरस्थित केदार उप्रेतीको गोठको बाहिर राखेको खाटमा सोही नगरपालिका-३ आमतोला बस्ने ६५ वर्षीय हरिलाल किस्कु आइतबार मृत अवस्थामा फेला परेका छन्।
दाङ, बबई गाउँपालिका-७ रावततरास्थित बबई नदीमा शान्तिनगर गाउँपालिका-६ देवीपुर बस्ने ७८ वर्षीय कुशल खड्का आइतबार मृत अवस्थामा फेला परेका छन्।
म्याग्दी, मालिका गाउँपालिका-६ सानोधैरेनीस्थित सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।