आइतबार, पुस ६, २०८२

युके पठाइदिन्छु भनेर ३७ लाख ५० हजार ठग्ने समातिए

 |  सोमबार, माघ २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, माघ २१, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कास्की अन्नपूर्ण गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका- २६ सामाखुसी बस्ने ३२ वर्षीय मदन भण्डरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

मदनले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३७ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

प्रकाशित: Feb 03, 2025| 13:10 सोमबार, माघ २१, २०८१
प्रतिक्रिया दिनुहोस्