मंगलबार, साउन ६, २०८२

आपराधिक गतिविधिमा संलग्न ११ जना पक्राउ

 |  आइतबार, माघ २०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ २०, २०८१

vianetvianet

काठमाडौं- आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट ११ जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरु  रौतहट, बर्दिया, चितवन र सर्लाहीबाट पक्राउ परेका हुन्।

चन्द्रपुर नगरपालिका–४ चिडियादह टोलबाट सोही ठाउँका ३१ वर्षीय सागर श्रेष्ठ र बर्दिया बढैयाताल गाउँपालिका–२ फुटाहसाघुनघारीबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित चार जना तथा चितवनको कालिका नगरपालिका–६ गुम्बा चोकबाट चार सय ५० ग्राम गाँजा बोकेका  १८ वर्षीय किशोर र नियन्त्रित लागूऔषध लिएका सोही स्थानका २७ वर्षीय समीर परियारलाई पक्राउ गरिएको हो। 

यसैगरी, भरतपुर महानगरपालिका–४ लङ्कुलक्ष्मी पथबाट गाँजा करिब ५० ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल, प्रोमेथ, बोमिन  र नगद रु ९५ हजार ७ सय ५ सहित ४ जनालाई  पक्राउ गरिएको छ। 

नक्कली नोटसहित पक्राउ
यसैबीच, सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ सुकनाहा बजारबाट भारतीय मुद्रा पाँच सय दरका एक थान र एक सय दरका २९ थान नक्कली नोटसहित भारत सीतामढी पुरान्दा राजवाडा–९ का २७ वर्षीय मुकेशकुमार सोनीलाई पक्राउ गरिएको छ। 

प्रकाशित: Feb 02, 2025| 16:31 आइतबार, माघ २०, २०८१
प्रतिक्रिया दिनुहोस्