मंगलबार, साउन ६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • महाकुम्भमा नेपाली तीर्थयात्रीलाई निःशुल्क बस्ने र खाने व्यवस्था

महाकुम्भमा नेपाली तीर्थयात्रीलाई निःशुल्क बस्ने र खाने व्यवस्था

 |  आइतबार, माघ २०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ २०, २०८१

vianetvianet

काठमाडौं- ब्राह्मण अन्तर्राष्ट्रिय सङ्गठन ट्रष्टको संरक्षकका रुपमा संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले भारतको प्रयागराजमा जारी महाकुम्भमा नेपाली तीर्थयात्रीका लागि बस्ने र खाने व्यवस्था गरेका छन्।

दैनिक एक करोडभन्दा बढी भक्तजन पुग्ने गरेको भनिएको महाकुम्भमा नेपाली तीर्थयात्रीका लागि निःशुल्क बस्ने र खाने व्यवस्था गरिएको उनले जानकारी दिए । एक सय ४४ वर्षको अन्तरालमा हुने महाकुम्भमा नेपाली तीर्थयात्रीलाई बस्ने र खाने व्यवस्थाका लागि कुनै समस्या नहोस् भनी सेवा गरिएको उनको भनाइ छ । एक दिनमा दुई सय जना नेपाली भक्तजनलाई यस्तो सेवा दिइएको छ ।

 “हरेक दिन भागवत कथा वाचन पनि भइरहेको छ, हाम्रो यो प्रयासलाई भारतीयले समेत प्रशंसा गरेका छन्”, उनले भने । महाकुम्भमा पुगेर बस्ने र खाने स्थानको खोजीमा भौँतारिने नेपालीलाई यसले राहत पुगेको जनाइएको छ ।

प्रकाशित: Feb 02, 2025| 06:48 आइतबार, माघ २०, २०८१
प्रतिक्रिया दिनुहोस्