सोमबार, असार ८, २०८३

बाजुराका विद्यार्थीलाई राडीपाखी बुन्ने तालिम

 |  बिहीबार, माघ १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १७, २०८१

बाजुरा- जिल्लाको बडीमालिका नगरपालिकाले बुधबारदेखि मालिका नमूना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई राडीपाखी बुनाइ तालिम सञ्चालन गरेको छ। 

National life

तालिम प्रारम्भ गर्दै नगरप्रमुख अमरबहादुर खड्काले विद्यार्थीलाई आत्मनिर्भर बनाउन तालिमको व्यवस्था गरिएको बताए।

उनले रैथाने सीपको सदुपयोग गर्दै पालिकामा बेरोजगार रहेका युवा र विद्यालयमा पढ्दै गरेका विद्यार्थीलाई आत्मनिर्भर बनाउने गरी तालिम सञ्चालन गरिएको बताए। विद्यार्थीलाई सीप सिकाउने र व्यावसायिक बनाउन तालिम आयोजना गरिएको उनको भनाइ थियो।

पालिका उपप्रमुख नन्दाकुमारी थापाले सिकेको सीप अध्ययन पूरा भएपछि व्यवहारमा उतार्न तथा आर्थिक रुपमा आत्मनिर्भर हुन तालिमेहरुलाई आग्रह गरिन्।

बडीमालिका नगरपालिकाको आयोजना, मालिका मावि र नेपाल भोटे जनजाति महासंघ बाजुराको समन्वय तथा आइ ल्याब काठमाडौंको प्राविधिक सहयोगमा सञ्चालित तालिममा १२ जना सहभागी छन्। रासस

Shivam cement

प्रकाशित: Jan 30, 2025| 19:01 बिहीबार, माघ १७, २०८१
प्रतिक्रिया दिनुहोस्