शुक्रबार, जेठ २२, २०८३

घूस मुद्दामा वडाध्यक्षलाई ६ महिना कैद

 |  मंगलबार, माघ १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १५, २०८१

काठमाडौं- चन्द्रागिरि नगरपालिका–२ का अध्यक्ष भाइकृष्ण तामाङ घूस लिएको अभियोगमा दोषी ठहर भएका छन्। 

National life

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको मंगलबारको इजलासले वडाध्यक्ष तामाङलाई दोषी ठहर गरेको हो।

विशेषले उनलाई ६ महिना कैद र चार लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। घुसको तारतम्य मिलाइदिने ध्रुबबहादुर कडायतलाई पनि विशेषले दोषी ठहर गर्दै त्यति नै सजायको फैसला गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवैलाई प्रतिवादी बनाई गत २० असारमा मुद्दा दायर गरेको थियो। ललितपुर उपमहानगरपालिका वडा नं. २२ बाट एक उद्योग चन्द्रागिरिमा सार्न घूस लिएको अख्तियारको अभियोगपत्रमा उल्लेख थियो।

उर्मिला पाण्डेय तथा उनका साझेदारसँग वडाध्यक्ष तामाङले व्यवसाय स्थानान्तरणका लागि सिफारिस गरिदिन चार लाख रुपैयाँ घूस मागेको अख्तियारको आरोप थियो ।

Shivam cement

प्रकाशित: Jan 28, 2025| 18:31 मंगलबार, माघ १५, २०८१
प्रतिक्रिया दिनुहोस्