बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • वैदेशिक रोजगारीको प्रलोभन देखाएर १ करोड बढी ठगी गरेको आरोपमा ४ जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १ करोड बढी ठगी गरेको आरोपमा ४ जना पक्राउ

 |  मंगलबार, माघ १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १५, २०८१

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ परेका छन्।

सल्ल्यानको छत्रेश्वरी गाउँपालिका-६का सुनिल दसौदी, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-५ का स्थायी बासिन्दा विकास दवाडी, गोरखा शहीदलखन गाउँपालिका-७ घर भएका सुरेन्द्र विक र काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ निवासी २४ वर्षीया विशाखा पौडेललाई ठगेको अभियोगमा पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

अभियुक्त दसौदीले सर्विया पठाइदिन्छु भन्दै २२ लाख ३८ हजार रूपैयाँ, दवाडीले जापान पठाइदिने भनेर दुई जनाबाट तीन लाख रूपैयाँ, विकले सुरेन्द्रले अमेरिका पठाइने बहानामा ९७ लाख ५४ हजार रूपैयाँ र पौडेलले कुवेत पठाइदिन्छु भन्दै एक लाख ६० हजार रूपैयाँ ठगेका थिए।

अभियुक्तमध्ये दवाडी, पौडेल र दसौदीलाई वैदेशिक रोजगार विभाग तथा विकलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। रासस

प्रकाशित: Jan 28, 2025| 16:50 मंगलबार, माघ १५, २०८१
प्रतिक्रिया दिनुहोस्