आइतबार, पुस ६, २०८२

नाइट बसमा यात्रु मृत फेला

 |  मंगलबार, माघ १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १५, २०८१

हिजो राति काठमाडौंबाट छुटेर आज बिहान लालगढ पुगेको मधेश प्र ०४ ख ०१५७ नम्बरको बसमा भारतीय यात्रु मृत फेला परेका हुन्।

National life

प्रहरीका अनुसार उक्त बसमा भारतको मधुवनी जिल्ला सिम्री टोलका ७० वर्षीय जगदीश यादव मृत फेला परेका छन्।

लालगढमा यात्रुहरु शौचालय गर्न ओर्लिएपछि उनलाई मृत अवस्थामा देखेका थिए। इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार यादवको मृत्यु कसरी भएको खुल्न सकेको छैन।

बस नियन्त्रणमा लिएर घटनाबारे अन्य यात्रु तथा बसका चालकसँग सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ। मृतकको स्वास्थ्य परीक्षणपछि मात्र मृत्युको कारण खुल्न सक्छ। यादव काठमाडौंबाट जटहीका लागि बस चढेका थिए ।

प्रकाशित: Jan 28, 2025| 13:45 मंगलबार, माघ १५, २०८१
प्रतिक्रिया दिनुहोस्