शुक्रबार, जेठ २२, २०८३

माइक्रोसफ्टले किन्न लागेको हो टिकटक ?

 |  मंगलबार, माघ १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १५, २०८१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार माइक्रोसफ्ट टिकटक अधिग्रहणको वार्तामा रहेको बताएका छन्। यद्यपि अमेरिकामा यस एपको भविष्य अनिश्चित रहेको छ।

National life

टिकटकले अमेरिकी कानूनको सामना गरिरहेको छ। अमेरिकी कानूनले कम्पनीलाई आफ्नो चिनियाँ मालिक बाइटडान्सबाट अलग गर्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धित हुन आदेश दिएको छ।

सोमबार राति माइक्रोसफ्ट टिकटक अधिग्रहणको वार्तामा छ कि भनेर सोधिएको प्रश्नमा ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूलाई भने, “म हो भन्छु, टिकटकमा धेरै चासो छ, टिकटकमा ठूलो रुचि छ।”
    
उनले एउटा ‘बोलकबोल युद्ध’ पनि राम्रो विकास हुने टिप्पणी गरे। चिनियाँ सरकारले अमेरिकीहरूको जासुसी गर्न वा अमेरिकी जनमतलाई गोप्य रूपमा प्रभाव पार्न सक्ने चिन्ताका कारण भिडियो–सेयरिङ प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने कानून जनवरी १९ देखि लागु भएको थियो।

तर ट्रम्पले बेइजिङसँग समाधान खोज्दै यसको कार्यान्वयन अढाई महिनाका लागि स्थगित गरेका छन्।    सिएफआरए रिसर्चका एन्जेलो जिनोका अनुसार माइक्रोसफ्ट सम्भावित खरिदकर्ताहरू मध्ये एक हो जसको टिकटकमा लगानी गर्ने कारण हुनेछ।

माइक्रोसफ्टको ‘डिजिटल विज्ञापन क्षेत्रमा अझ बढी स्थापित हुने इच्छा रहेको’ उनको विश्वास छ । कानूनको म्याद नजिकिँदै गर्दा टिकटक संयुक्त राज्य अमेरिकामा अस्थायी रूपमा बन्द भएको थियो।

Shivam cement

त्यसपछि ट्रम्पले पद सम्हाल्ने बित्तिकै ‘सम्झौता गर्न’ समय दिन प्रतिबन्धलाई विलम्ब गर्न कार्यकारी आदेश जारी गर्ने वाचा गरे । त्यसपछि ट्रम्पलाई श्रेय दिँदै टिकटकले देशमा सेवा पुनर्स्थापित  गर्यो। यद्यपि बाहिरिँदै गरेको बाइडेन प्रशासनले पहिले नै कुनै प्रतिबन्ध लागू नगर्ने बताएको थियो।

आफ्नो पहिलो ह्वाइट हाउस कार्यकालमा ट्रम्पले राष्ट्रिय सुरक्षाको चिन्ताका कारण संयुक्त राज्य अमेरिकामा टिकटक प्रतिबन्ध गर्ने प्रयास गरेका थिए।

प्रकाशित: Jan 28, 2025| 12:49 मंगलबार, माघ १५, २०८१
प्रतिक्रिया दिनुहोस्