बुधबार, साउन २७, २०८३

विषादी प्रयोग नगरी किसानले फलाए सात किलोको काउली

 |  मंगलबार, माघ १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १५, २०८१

भक्तपुर- विषादीको प्रयोग नगरी किसानले सात किलोको काउली फलाएका छन्।

सोमबार सूर्यविनायकमा जिल्ला कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको कृषि तथा घरेलु मेलामा कृषकले आफ्नो बारीमा उत्पादित सात किलोसम्मको काउली बिक्रीका लागि ल्याएका हुन्।

जिल्लामा रहेका विभिन्न कृषिसँग सम्बन्धित सहकारी संस्थाले उत्पादन गरेको काउली, च्याउ, ब्रो काउली, आलु, ताइचिन चिउरा, विभिन्न जातका दाल, मकैको खोस्टाका फूलहरू, काठका सामग्री र पश्मिनाका कपडा बिक्रीका लागि राखिएका संस्थाका अध्यक्ष सनिस लागेजुले जानकारी दिए।

मेलामा कृषि उत्पादनमा उपभोक्ताको घुइँचो रहेको जानकारी दिँदै उनले कृषि सहकारीले कृषि तथा घरेलु उत्पादनबाट देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्‍याएको बताए।

प्रकाशित: Jan 28, 2025| 10:31 मंगलबार, माघ १५, २०८१
प्रतिक्रिया दिनुहोस्